देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ढाकाकुमार श्रेष्ठ रास्वपाबाट निष्कासित, विन्दबासिनीलाई सांसद बनाउने

देशान्तर

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्य खारेज गर्ने निर्णय गरेको छ ।दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टी सभापति रवि लामिछानेले पार्टीको केन्द्रिय अनुशासन समितिले गरेको छानबिनपछि बुझाएको सिफारिस अनुसार पार्टी विधानको धारा ५६ (४) बमोजिम उनको सदस्यता खारेज गर्ने निर्णय गरेको जानकारी दिए।

पार्टीले सांसद श्रेष्ठको सांसद पद पनि खारेज गर्दै कानून बमोजिम निर्वाचन आयोगमा बुझाएको सूची अनुसार विन्द्यवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने प्रक्रिया अघि बढाउने पनि निर्णय गरेको सभापति लामिछानले बताए।