देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बागमती नदीमा भेटियो अमेरिकी कम्पनीको पेस्तोल

देशान्तर

काठमाडौं । आज बागमती नदी सफाई गर्ने क्रममा अमेरिकी कम्पनीको पेस्तोल भेटिएको छ । पेस्तोल एउटा झोलामा पोको पारेर नदी फ्यालिएको थियो ।

बागमती सभ्यता एकीकृत विकास समितिले शनिवार गौशालादेखि सुरु गरेको बागमती सफाइको क्रममा तिलगंगाको शारदा स्कुल नजिक सो पेस्तोल फेला परेको सफाइमा संलग्न चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउन्डेसन मधेस प्रदेशका अध्यक्ष विष्णु साहले जानकारी दिनुभएको छ ।

सफाइ गर्ने क्रममा झोलासहितको सो पेस्तोल फेला परेको अध्यक्ष साहले जानकारी दिनुभयो ।

पेस्तोल फेला परेपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो । गौशाला प्रहरीले मुचुल्का तयार पारी भेटिएको पेस्तोल लगेको छ । त्यसबारेमा थप छानबिन हुने बताइएको छ ।