देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सेयर बजारमा ओरालो

देशान्तर

काठमाडौं । साताको तेश्रो दिज आज सेयर बजार घटेको छ ।

सोमबार नेप्से परिसूचक ३ अंकले ओरालो लागेको हो । योसँगै सुूचक १९०४ को बिन्दुमा आएर अडिएको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचकमा भने झिनो सुधार देखिएको छ । उक्त सूचकमा ०।१७ अङ्कले बढेर ३६३ विन्दुमा पुगेको छ।

यसअघि सोमबारको कारोबारमा भने नेप्से परिसूचक २३।६४ अंकले ओरालो लागि १९०८ विन्दुमा अडिएको थियो । सोहि दिन ९२ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा मंगलबार कूल २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर खरिद बिक्री हुँदा ८७ करोड भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। तसर्थ अघिल्लो दिनको तुलनामा यो रकम कम हो ।

नेप्से सुचकमा ६२ कम्पनीमा वृद्धि भएको छ । १३८ कम्पनीमा ओरालो लागेको र १९ कम्पनी स्थिर रहेको छ ।

त्यस्तै, कारोबारको आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ

मंगलबार सबै उपसूचक कम्पनीहरूमा ओरालो लागेको छ ।

मंगलबार कालिन्चोक दर्शन र मोलुङ जलविद्युतको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।