देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा 

देशान्तर

इटालियन क्लब एसी मिलान १६ बर्ष पछि च्याम्पियनसिप लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सन् २००७ मा उपाधि जितेयता मिलान सेमिफाइनल पुगेको यो पहिलो पटक हो ।

मंगलवार राती सम्पन्न क्वाटर फाइनलको दोस्रो लेगमा नेपोलीसँग बराबरीको खेलेकाे भएपनि समग्रमा २–१ को जीत निकाल्दै मिलान सेमिफाइनलमा प्रवेश गरेको हो । खेल नेपोलीको घरेलु मैदानमा भएको थियो ।

पहिलो हाफको ४३ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाएका थिए ।

दुवै इटालियन क्लबको रोमाञ्चारी खेलमा दुवै पक्षले गोल गर्ने प्रयास गरे पनि सकिरहेका थिएनन् तर खेल सकिनै लाग्दा ९० औं मिनेटमा नेपोलीको भिक्टर ओसिमहेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

तर, यसअघि भएको खेलमा एसी मिलानले १–० को अन्तरले बिजयी भएको हुदाँ सेमिफाइनल यात्राका लागि एक गोलको एडभान्टेज लिने मौका पायो । जुन एडभान्टेजले उसलाई सेमिफाइनलमा प्रवेश गरायो ।