रोजगारीका लागि नेपाल आउने विदेशी नागरिक बढेका छन् । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यवसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या बढन थालेको छ ।
नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिने विदेशीको संख्या वृद्धि भएर १ हजार ७ सय ७४ पुगेको छ । अघिल्लो वर्ष नविकरण र नयाँ गरेर १ हजार ५ सय ७६ ले नेपालमा काम गर्न अनुमति लिएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नेपालमा काम गर्ने चाहाना राखेर श्रम स्वीकृति लिने विदेशीको संख्या १२ प्रतिशतले बढेको हो ।





प्रतिक्रिया