काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरूले आगामी वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थान केन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका छन् । सोमबारबाट संघीय संसद् भवनमा सुरु भएकाले पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले अर्थमन्त्री डा। प्रकाशशरण महतलाई जनतामुखी बजेट निर्माण गर्नुपर्ने सल्लाह दिएका हुन् ।
बैठकपछि मंगलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठक आगामी वर्षको बजेट निर्माण प्रक्रियामा नै केन्द्रित भएको बताए । उनले सानो पुँजीबाट पनि कसरी जनतामुखी कार्यक्रम र योजना ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताए ।
उनले भने, ‘बजेटका सिद्धान्तहरू, प्राथमिकताहरू, त्यसका आधारहरू के हुन् रु भन्ने कुरा मान्य अर्थमन्त्रीज्यूले जानकारी गराउनु भयो । बजेट कस्तो आउनुपर्छ, के आउनुपर्छ भन्नेबारेमा राय लिनुभयो । हामीले राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गरेका छौँ । केही शोक प्रस्ताव पारित गरेका छौँ । सभापतिजीले पनि आफ्ना धारणा राख्नुभयो । मूल विषय बजेटमा नै छलफल गर्न यो बैठक राखिएको थियो, त्यसमा व्यापक छलफल भयो । पछि परेका समुदाय, वर्गलाई लक्षित गरेर बजेटमा व्यवस्था गरिनुपर्छ भन्ने माग उठेको छ । महिला, आदिवासी, जनजाति दलित, पिछडिएको क्षेत्र, पिछडिएको वर्ग, युवा लगायतमा बढी केन्द्रित हुनुपर्छ, भन्ने कुरा उठेका छन्, शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि कुरा उठेका छन् ।’





प्रतिक्रिया