देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली सहभागी कार्यक्रममा भएको घटनाबारे संसद्‌मा गृहमन्त्रीश्रेष्ठको ‘ब्रिफिङ’

देशान्तर

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापाको कार्यक्रममा जाँदा भएको घटनाबारे ब्रिफ्रिङ गरेका छन् । आजको प्रतिधिसभा बैठकमा उनले कोसी प्रदेशको नामको विरोध गर्नेहरुले ढुंगामुढा र कालो झण्डा देखाएको बताए ।

“केपी शर्मा ओलीज्यू आफ्ना केही सहयोगीहरुसहित आफ्नो पार्टीको ग्रासरुट अभियानको सिलसिलामा इलाम जाने सन्दर्भमा झापा पनि जानु भएको थियो । झापाको बुधबारेमा उहाँको कार्यकर्तासँग भेटघाट गर्ने र कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम थियो,” गृहमन्त्रीले भने, “त्यो कार्यक्रममा जाने क्रममा उहाँलाई कोसी नामकरणमा विरोध राख्ने समूहको तर्फबाट कालोझण्डा प्रदर्शन गर्ने र अभद्र व्यवहारसहित त्यो कार्यक्रम हुन नदिने, ढुंगामुढाको दुःखद घटना भएको छ ।”

उनले त्यसप्रति सरकारको तर्फबाट दुःख व्यक्त गर्दै घटनाको निन्दा गरे । त्यो घटनाका क्रममा ढुंगामुढा प्रहार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । दुई प्रहरी घाइते भएको श्रेष्ठले जानकारी दिए ।

सरकार संविधानको कार्यान्वयनमा प्रतिवद्ध रहेको भन्दै शान्तिपूर्ण रुपमा आफ्ना कुरा राख्न आग्रह गरे । उनले सबैकुरा वार्ताबाट समाधान गर्न सकिने बताए ।