देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजको मौसमः यी प्रदेशमा पर्नेछ पानी

देशान्तर

काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

 जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का र क्षणिक वर्षा भइरहेको छ ।

 दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित  हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

 राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।