देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभाबाट विभिन्न ९ वटा विधेयकलाई विषयगत समितिमा पठाइयो

देशान्तर

प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त विभिन्न विधेयकलाई सम्बन्धित समितिमा पठाएको छ ।

शुक्रबार बसेको बैठकले सम्बन्ध्ति समितिमा विधेयक पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको हो । शुक्रबारको बैठकले विभिन्न नौवटा विधेयकलाई सम्बन्ध्ति समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको हो ।

अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६,  अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७७,  संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९, सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९,  बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रशारण विधेयक २०७७, सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ र अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ लाई सम्बन्धित समितिमा पठाइएको हो ।