देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रताप र अन्नुको स्वर, अर्जुनको संगीतमा रहेको ‘तिम्रो लागि’ सार्वजनिक ( भिडियो )

देशान्तर

काठमाडौं । युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको रोमाण्टिक भर्सनको  ‘तिम्रो लागि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  दिग्गज धौरालीको शब्दमा  रहेको यस गीतमा प्रेमी प्रेमिकाले एक अर्काको लागि जे पनि गर्न तयार रहेको प्रेमिल भावानालाई प्रस्तुत गरिएको छ।

गीतमा अहिलेको समयका लोकप्रिय गायक प्रताप दास र अन्नु चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ।  गीतलाई चर्चित संगीतकार अर्जुन पोखरेलले संगीतवद्द गरेका हुन्। आदेश गुर्माचनको  संगीत संयोजन रहेको छ। अभिनेत्री पूजा शर्मा र अनुज गुरुङ बिचको  अन्स्क्रिन प्रेम र रोमान्स भिडियोमा देख्न सकिन्छ।

बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो ‘बुढा सुब्बा डिजिटल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।  भिडियो दर्शक स्रोतालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।