देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारले आविष्कार प्रवर्द्धनका लागि बजेट छुट्याउन सक्दिन भन्नु नाटक होः डा.प्रकाशचन्द्र लोहनी

देशान्तर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सरकारले आविष्कार प्रवर्द्धनका लागि बजेट छुट्याउन सक्दिन भन्नु नाटक भएको बताउनुभएको छ ।

शनिबार माईतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुग्नुभएका पूर्वअध्यक्ष लोहनीले अयोग्य लडाकुलाई अर्बौं रुपैयाँ छुट्याउनसक्ने सरकारले आविष्कार प्रवर्द्धनका लागि बजेट छुट्याउन सक्दिन भन्नु लज्जास्पद भएको बताउनुभएको हो ।

उहाँले देशको नेतृत्वमा धनवादीहरूको प्रवेश भएको बताउदै जनताले दुःख भोग्नुपरेको बताउनुभएको छ ।

पूर्वअध्यक्ष लोहनीले नेताहरू सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रीत हुने गरेको बताउनुभयाृे । उहाँले नेपालमा नै उपचार हुनसक्ने कुरामा करोडौं खर्च गरेर विदेश पठाइएकोप्रति पनि असन्तुष्टि जनाउनुभयो ।

उहाँले नेताहरूलाई करोडौं रुपैयाँ दिएर विदेशमा उपचार गराउन पठाउने तर आविष्कारको क्षेत्रमा लगानी नगरेर वैज्ञानिक समाजवाद कसरी आउँछ ? भन्दै प्रश्न समेत गर्नुभयो ।

डा. लोहनीले वर्तमान राज्यसत्ता थोरै मानिसको हितको लागि मात्रै केन्द्रीत भएको बताउनुभयो ।