देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीलाई अभिव्यक्ति फिर्ता लिन राप्रपा प्रवक्ता श्रेष्ठको आग्रह

देशान्तर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजतन्त्र पक्षधरप्रति दिएका अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका छन्।

राजसंस्था पक्षधरको आस्था र भावनामा चोट पुग्ने गरी एमाले अध्यक्ष ओलीले अभिव्यक्ति दिएकोले फिर्ता लिनुपर्ने प्रवक्ता श्रेष्ठले फेसबुक मार्फत माग गरेका छन् ।ओलीले अखिल नेपाल किसान महासंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै स्वार्थी र अज्ञानीले राजतन्त्र मान्ने गरेको टिप्पणी गरेका थिए।‘राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुग्ने गरि एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण छ।

राजसंस्था मान्नेहरू फटाहा, मुर्ख र अज्ञानी हुन्छन् भन्ने उहाँको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण छन्,’ राप्रपा प्रवक्ता श्रेष्ठले भने, ‘आफ्नो अभिव्यक्ति फिर्ता लिन अनुरोध गरिन्छ।’

उनले थप प्रश्न गर्दै भनेका छन्, ‘०६३ सालसम्म के ओलीजीहरू पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो ’?