देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राधिकाको ‘रिमझिम’मा  करुणा  र  कुन्साङ को रोमान्स ( भिडियो ) 

देशान्तर

काठमाडौं – गायिका राधिका बिस्टको सुमधुर स्वरमा सजिएको रिमझिम बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

एक प्रेमिल जोडीको वियोगको घटनामा आधारित यस गीतमा स्वयम् गायिका बिस्टको शब्द, संगीत रहेको छ।  गीतलाई अनुज शेखरले संगीत संयोजन गरेका हुन्।

२०७१ सालमा  सुनकोशीमा  आएको  बाढी पहिरोको घटनामा  आधारित यस गीतको म्युजिक भिडियोमा करुणा श्रेष्ठ र  कुन्साङ बोम्जन फिचर्ड छन्।

बुद्ध थापा र उत्तम हुमागाईले छायाँकन गरेको यस भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्।

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

भिडियो गायिका बिस्टको युट्युव च्यानल राधिका बिस्ट मार्फत सार्वजनिक गरिएको हो।