देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस पदाधिकारी बैठकमा संस्थापनसंग असन्तुष्टि

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा मन्त्री पठाउँदा एकलौटी गरेको भन्दै पार्टीमा असन्तुष्टि बढेको छ । सत्ता गठबन्धनमा आठ मन्त्रालय पाउँदा देउवाले आफू निकटका ६ जना मन्त्री बनाएपछि आज बसेको पदाधिकारी बैठकमा नेताहरुले असन्तुष्टि पोखेका हुन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकहाँ पार्टीबाट मन्त्रीको नाम सिफारिस गर्दा कसैसँग सल्लाह नगरेको भन्दै नेताहरुले देउवाको आलोचना गरे । सभापति देउवाको कार्यशैलीको विषयमा नेताहहरुले तीव्र असन्तुष्टि पोखेको एक पदाधिकारीले बताए । ती पदाधिकारीका अनुसार महामन्त्री थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियारलगायत नेताहरुले असन्तुष्टि जनाएका थिए ।

परियारको कुरा सुनेपछि देउवाले गठबन्धन सरकारमा धेरै मन्त्रालय नपाएकाले सबैलाई समेट्न नसकेको जवाफ दिएका थिए । ‘अहिले गठबन्धनको सरकार हुँदा सबैलाई समेट्न सकिएन । अब कांग्रेसको एकल सरकार बनेपछि सबैलाई समेटौंला । पार्टीलाई पहिलो बनाउने गरी काममा लाग्नुस्’, देउवाको भनाइ थियो ।

गठबन्धनमा आलोपालोको सहमति भएकाले अर्को पटकमा ख्याल गरेर अघि बढ्ने देउवाले प्रष्टाए । बैठकमा सरकार र बजेटको बारेमा पार्टीमा मन्त्रीहरुले ब्रिफिङ गरेका थिए । पार्टीको भ्रातृ संगठनलाई भोलिसम्ममा टुंगो लगाउने गरी छलफल भएकोसमेत छ ।