देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महिनाको एक दिन प्रधानमन्त्री संसद्‌मा अनिवार्य प्रश्नोत्तरमा सहभागी हुनुपर्ने

देशान्तर

काठमाडौं । प्रधानमन्त्रीले महिनाको कम्तीमा एकपटक संसद्‌मा प्रश्नोत्तर कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था गर्न लागिएको छ ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकमा महिनाको एक दिन पहिलो हप्ता प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीको सहभागिता अनिवार्य गर्न माग गरिएको थियो । त्यससँगै संसद्लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीलाई प्रश्नोत्तर कार्यक्रम महिनामा एकपटक अनिवार्य गर्न लागिएको समिति सदस्य एवं नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिए ।

संसद्का शून्य, विशेष र आकस्मिक समयमा उठाइएका प्रश्नको जवाफ विभागीय मन्त्रीले नदिने गरेको भन्दै जवाफदेही बनाउनुपर्नेमा समेत सांसदले जोड दिएका थिए ।