देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेप्से दोहोरो अंकले गिरावट, कारोबार रकम ६० करोडमा खुम्चियो

देशान्तर

काठमाडौं । आज नेप्से दोहोरो अंकले घटेको छ । सबै उपसमूह घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज अनुसार आज नेप्से १९.१२ अंकले घटेर १ हजार ८५०.६१ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार दुई सय ६३ वटा कम्पनीको २३ हजार ५१ पटक कारोबारमा २० लाख १५ हजार ९५९ कित्ता शेयर खरिदबिक्री हुँदा ६० करोड ८१ लाख ३५ हजार ९४ रूपैयाँको कारोबार भएको छ ।

सबैभन्दा बढी जलविद्युत २.०४ प्रतिशतले बढेको छ । आज आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ८.२२ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै एनएमबी डिवेञ्चर ८.३३ प्रतिशतका दरले गुमाएका छन् ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिभमको ३ करोड २२ लाख ३७ हजार रूपैयाँको कारोबार भएको छ । दोस्रोमा मकर जितुमायाँ सुरी हाइड्रोपावर १ करोड ८९ लाख ७६ हजार रूपैयाँको कारोबार भएको छ ।

त्यस्तै नबिल बैंक १ करोड ६८ लाख २३ हजार, एनआइसी एशिया एक करोड ५४ लाख ७० हजार र न्यादी ग्रुप १ करोड ५३ लाख १५ हजार रूपैयाँको कारोबार भयो ।