देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनको मूल्य बढ्यो, चाँदीमा स्थिर

देशान्तर

काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

सुनको भाउ आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।

गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला एक हजार दुई सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दश हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।