देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

परराष्ट्रमा कार्यरत नायब सुब्बा पोखरामा मृत फेला

देशान्तर

काठमाडौं । परराष्ट्र मन्त्रालमा कार्यरत एक जना कर्मचारी पोखरामा मृत फेला परेका छन् ।

आज बिहान साढे ८ बजेतिर बेगनास ताल किनारमा उनी मृत अवस्थामा भेटिएका हुन् ।

उदयपुर घर हुने ३१ वर्षीय अनुप भण्डारी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले जानकारी दिनुभएको छ।

उहाँका अनुसार उनी तालको किनारमा घोप्टो परेको अवस्थामा फेला परेका थिए । उनी परराष्ट्र मन्त्रालयको राहदानी विभागको भेरिफिकेशन काउन्टरमा कार्यरत नायब सुब्बा रहेको खुलेको छ ।

उनको मृत्यु कसरी भएको भन्ने खुलिसकेको छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ।