काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट आउने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने गरि नियमावली संशोधन गरेको छ।
मन्त्रिपरिषद्ले झिटीगुण्टा नियमावली संशोधन गर्दै विदेशबाट आउनेका साथमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी गराएकी छन्।
यसअघि विदेशबाट आउनेलाई आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउँथे। उक्त व्यवस्था अनुसार विमानस्थल भन्सार कार्यालयले कयौं मोबाइल जफत गर्ने गरेको थियो।
सरकारले ४४ जना सहसचिवको सरूवा गरेको छ ।
सरूवा हुनेमा भर्खरै नियुक्त भएका देखि पुराना सहसचिव रहेको संघीय मामिला मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया