देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा

देशान्तर

काठमाडौं। तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा जारी छ।

नक्कली भुटानी शरणार्थी काण्डले राजनीति तरंगित भएका बेला प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बैठक भएको हो।

तीन शीर्ष नेताबीच हिजो पनि बैठक भएको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा चलिरहँदा शीर्ष नेताहरुबीच लगातार भइरहेको छलफललाई चासोका साथ हेरिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बिहानमात्र कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका थिए।

यही प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार छन्। उनलाई आज पार्टीले निलम्बन गरेको छ ।