देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा एमालेको केन्द्रिय समिति बैठक आजवाट

देशान्तर

नेकपा एमाले केन्द्रिय समिति बैठक आजवाट सुरु हुदैँछ ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रिय समिति बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित केन्द्रिय कार्यालयमा बस्नेछ ।

‘यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले २८–३० बैशाख, २०८० मा केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने निर्णय भएको हो,’ प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिए ।

गत २६ बैशाखमा बसेको सचिवालय बैठकले निर्वाचनको समिक्षा, ग्रास रुट अभियानको समिक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तिमा १० वटा बिषयमा छलफल गर्नका लागि अजेन्डा तय गरेको थियो ।