काठमाडौं । बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मदन राईलाई जिल्ला अदालत खोटाङले अनुसन्धानका लागि सात दिनको म्याद दिएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङले म्याद थपका लागि आइतबार जिल्ला अदालतमा पेस गरेको थियो। अदालतले राईलाई अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको हो।
‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोपमा राई पक्राउ परेका थिए।
राईविरुद्ध पीडित किशोरीले जाहेरी दिएपछि राईलाई म्यादका लागि प्रहरीले अदालतमा उपस्थित गराएको हो। उनी गत शुक्रबार पक्राउ परेका थिए।





प्रतिक्रिया