देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजको मौसम: काेशी र लुम्बिनी प्रदेशका पहाडी भु-भागमा बर्षा हुने

देशान्तर

हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि गणडकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागको एक दुई सथानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भएको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षा र हावा हुरीको समेत सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने  क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।