देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

टेकनाथ रिजाललाई प्रहरी नियन्त्रणमा

देशान्तर

काठमाडौ. । भुटानी मानव अधिकारबादी नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा उनले समेत मिलेमतो गरेको आंशकामा प्रहरीले रिजाललाई आज सोधपुछका लागि बोलाएको थियो । रिजाललाई झापाबाट काठमाडौं आएको बताइएको छ ।

सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बिचौलियाले रिजाललाई मुछेका थिए । राईले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको बिचौलियाको दाबी गरेका थिए । तर रिजालले त्यो पैसा अर्के प्रयोजनका लागि लिएको तर फिर्ता गरेको सार्बजनिक गरेका थिए ।