देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उन्मुक्तिको नेपाल बन्द घोषणा आजैवाट लागु हुने गरी फिर्ता

देशान्तर

नागरिक उन्मुक्ति पार्टीले आजवाट गर्ने भनिएको नेपाल बन्दको घोषणा फिर्ता लिएको छ । यस बिचमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तथा फौजदारी बिद्येयक संसदमा टेबुल भएको भन्दै उन्मुक्तिले यसअघि घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तथा फैजदारी बिद्येयक संसदमा टेबुल भईसकेकाले राजबन्दीको रिहाई कानुन संसोधन गरेर निकाल्ने प्रतिबद्धता संसदमा जाहेर गरेको भन्दै सरकारसँगको सम्झौता सकारात्मक भएको महशुश गर्दै बन्दको घोषणा फिर्ता लिईएको बरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जानकारी दिए ।

सो पार्टीका संस्थापक रेशम चौधरीलाई १४ बर्ष जेल सजाय दिने उच्च अदालतको फैसालालाई सर्वोच्च अदालतले पनि सदर गरे पछि आक्रोशित उन्मुक्तिले ६–९ जेठसम्म नेपाल बन्दको घोषणा गरेको थियो ।