देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

११ बुँदे सहमति भएपछि गौतमले आमरण अनशन तोडे

देशान्तर

काठमाडौं । बर्दियाका–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले आठौं दिनमा आमरण अनशन तोडेका छन् । बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका कांग्रेस केन्द्रीय सदस्य गौतमले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति भएपछि अनशन तोडेका हुन् ।

अनशन तोडेपनि स्वास्थ्य अवस्था कमजोर भएकाले गौतम जिल्ला अस्पताल बर्दियामा भर्ना भएका छन् ।पुल निर्माण हुनुपर्नेसहितका विभिन्न १५ बुदे माग राखेर ३० वैशाखमा जब्दीघाटको भत्किएको पुलमुनि अनशन गौतम अनशन बसेका थिए । गौतमसँग वार्ता गर्न मन्त्री ज्वाला शनिबार बारबर्दिया नगरपालिका–११ स्थित अनशनस्थलमा नै गएका थिए