काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा काठमाडौंमा प्रतिवेदन बुझाएको छ ।
सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिवेदन बुझाएको हो ।
प्रहरीले पक्राउ परेका १६ जनासहित ३२ जनाविरुद्ध २७ करोड बिगोसहित जरिबाना गर्नुपर्ने उल्लेख गर्दै प्रतिवेदन तयार पारेको छ ।
सो मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित १६ जना पक्राउ परेका छन् ।
बाँकी फरार रहेका १६ जनाविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।





प्रतिक्रिया