देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न रास्वपाको माग

देशान्तर

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ । यो प्रकरणमा सबै दलका नेताहरु मुछिएकाले संसदीय समितिमार्फत छानबिन गर्नुपर्ने उसको माग छ ।आजको प्रतिनिधिसभाको बैठकको सुरुमै बोल्दै रास्वपा सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकामाथि छानबिन गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा बालुवाटार, सिंहदरबार, मन्त्री क्वाटरभित्र पैसा बुझाएको जस्ता विवरण आइरहेको भन्दै छानबिन गर्नुपर्ने बताए । भुटानी शरणार्थी प्रकरणको सन्दर्भमा गृहमन्त्री र प्रधानमन्त्रीले मुटु दह्रो छ भनेको प्रसंग जोड्दै लामिछानेले नाम मुछिएकाहरु सबैलाई सोधपुछ समेत नगरेको भन्दै असन्तुष्टि जनाए ।