देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मधेश प्रदेशबाट कांग्रेस रुपान्तरण अभियान सुरु

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस रूपान्तरण अभियान आज मधेस प्रदेशको जनकपुरबाट सुरु भएको छ । कांग्रेसको संस्थापन इतर पक्षीय तेस्रो पुस्ताका नेताहरूले थालेको अभियानमा पार्टीभित्र देखिएका कमी कमजोरी, विकृति विसङ्गति अन्त्यलाई मुख्य एजेन्डा बनाइएको छ । कांग्रेस नेता भुपेन्द्रजंग शाहीकाअनुसार अभियानका क्रममा पार्टीमा व्यापक सुधार, परिवर्तन र आमूल रूपान्तरणको लागि सातै प्रदेशमा वृहत् भेला र अन्तरक्रिया गरिने छ ।
यो अभियानले कांग्रेसलाई बलियो, सशक्त र सुदृढ बनाउनुका साथै पार्टीमा नयाँ आशा,कार्यकर्तामा नयाँ भरोसा र आम जनतामा नयाँ विश्वास जगाउने उनले बताए ।

प्रदेश भेलामा केन्द्रीय सदस्य मधु आचार्य, चन्द्रमोहन यादव, नेताहरू गुरूराज घिमिरे, लक्ष्मणलाल राय यादव, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसी, डिल्ली सुवेदी, युवराज पाण्डे, सुवास पोखरेल, जिप्छी यादव, श्याम पटेल, देवराज चालिसे, विष्णुदेवी पाण्डे, नरेश यादव उपस्थित छन्।
यस्तै जेठ १६ मा बागमती प्रदेशको काठमाडौं, जेठ २० मा गण्डकी प्रदेशको पोखरा र जेठ २२ मा लुम्बिनी प्रदेशको दाङ प्रदेशस्तरीय भेला हुनेछ । जेठ २४ मा कर्णाली प्रदेशको सुर्खेत, जेठ २६ मा सुदूरपश्चिम प्रदेशको धनगढी र जेठ २९ मा कोशी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला हुने छ ।