देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गम्भीर आरोप टाउकोमा बोकेर सदनमा कसरी भाग लिने : सुवास नेम्वाङ

देशान्तर

काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले पशुपतिनाथमा पिलतलको जलारी चढाएर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको भन्ने सत्ता पक्षबाट लागेको आरोपको छानविनका लागि माग गरेका छन् ।
शुक्रवार प्रतिनिधिसभाको बैठकमा उनले सत्ता पक्षले लगाएको आरोप टाउकोमा बोकेर सदनमा भाग लिन नसक्ने भन्दै माफी माग्न लगाउन माग गरेका हुन् ।

उनले भने ‘प्रतिपक्षको हाम्रो जिम्मेवार नेतामाथि लागेको कुरा गैर जिम्मेवार छ । सुनको जलहरीको नाममा पशुपतिनाथमा पिलतलको जलहरी चढाएर भ्रष्टाचार गर्ने काम भएको छ ।

यो यति गम्भीर आरोप लागेको छ । सत्ता पक्षले यस्तो आरोप लगाएको छ यो टाउकोमा बोकेर कसरी भाग लिन सक्छौं हामी । दूधको दूध पानीको पानी होस् । यो छानबीन गरेर टुङ्गोमा पुर्‍याउँ सम्पूर्ण कुरा सफा भएपछि मात्र हाउसमा बसौं ।’