काठमाडौ । प्रमुख प्रतिपक्षीदलको अबरोधका कारण आजको प्रतिनिधि सभा बैठक सर्दै सर्दै जाँदा तोकिएका दुई समयमा पनि शुरु हुन सकेन । अब बैठक भोलि दिउँसो ४ बजे बस्नेगरी स्थगित भएको छ ।
शुक्रवार बसेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको कुरालाई लिएर एमाले सांसदले संसद् अवरुद्ध गरेका थिए । मध्यान्ह १२ बजे बैठक सुरु हुने बित्तिकै एमाले सांसदले संसद् अवरुद्ध गरेका थिए । एमाले सांसदहरूले दाहालको भनाइप्रति आपत्ति जनाउँदै पशुपतिमा राखिएको जलहरी सुनको हो कि पित्तलको भन्दै सरकारको धारणा मागेका थिए ।
साथै सांसद दाहालले भनेको कुरा संसद्को रेकर्डबाट हटाउन पनि सभामुखसँग माग गरेका थिए । आफ्नो पार्टी अध्यक्षलाई भ्रष्ट्राचारको आरोप लगाएपछि एमाले सांसदहरूले रोष्टम घेरेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक रोकेका थिए ।
त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न पार्टीका संसदीय दलका नेताहरूसँग सभामुखले संवाद थाले पनि बैठक सञ्चालनको विषयमा सहमति जुट्न सकेन । सभामुखले अपराह्न ३ बजेका लागि अर्को बैठक बोलाए पनि एमाले र सरकारले राखेको अडानका कारण बैठक अघि बढ्न सकेन। बैठक फेरी ६ बजेका लागि तोकिएको थियो तर अबरोधका कारण आज स्थगित भएको हो ।





प्रतिक्रिया