देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नक्कली भुटानी शरणार्थी प्रकरण : आइतबार थप तीन जनाको बयान  सुरु

देशान्तर

काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा मुद्दा दायर भएकामध्ये आज आइतबार थप तीन जनाको बयान  सुरु भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा मुख्य अभियुक्त इन्द्रजित राईसहित सन्दीप रायमाझी र टंक कुमार गुरुङको बयान सुरु भएको हो ।

यसअघि गत शुक्रबार सागर राई र केशव प्रसाद दुलालको बयान लिइएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । गत बुधबार उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको थियो ।