काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको अन्तिम तयारीमा रहेको बताएको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले ऊर्जासँगै सीमा समस्याको कुरा पनि रहेको र ती विषयमा छलफल भइरहेको तर औपचारिक निर्णय भइनसकेकोे जानकारी दिइन् । शर्माले भोलि बस्ने मन्त्रिपरिषद बैठकले एजेण्डाको अन्तिम टुंगो लगाउने पनि बताइन् ।
प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा को–को जाने भन्ने बारे भने अहिलेसम्म नटुंगिएको र जुनजुन क्षेत्रसँग सम्झौता हुन्छ त्यो क्षेत्रका मन्त्री वा सचिव जाने उनले बताइन् । प्रतिनिधि मण्डललाई ठुलो नबनाउने र आवश्यक पर्नेहरू मात्रै जाने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा जेठ १७ गते चार दिने भारत भ्रमणमा जाँदैछन् ।





प्रतिक्रिया