देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महिनावारी सचेतना लागी सांगितिक कार्यक्रम

देशान्तर

सिमकोट गाउँपालिकाको आयोजनामा एंवमा सवैका लागी दिगो खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना (सुस्वा), Good Neighbors International/KIRDARC/SIDC र आधार नेपालको को आर्थिक सहयोगमा अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस २०८० को अवसरमा “सम्मानित महिनावारी, हाम्रो प्रतिवद्धता ”  भन्ने राष्ट्रिय नारा र “ महिनावारी हुदाँ, पर होइन घर १ ” भन्ने कर्णाली प्रदेशको नाराका साथ  यहि मिती २०८० जेठ १४ गते  मर्यादित महिनावारी व्यवस्थापनको लागि सांगीतिक महोत्सव मानसरोवर क्याम्पसमा सम्पन्न गरिएको छ । उक्त कार्यक्रमा सुनिता बुढा क्षेत्री र खेम सेञ्चुरीको स्वर, नेत्र अर्यालको रचनामा महिनावारी सम्बन्धी गीतको भिडियो लोर्कापण समेत गरिएको थियो । साथै लोकप्रिय कलाकार सुनिता बुढाको विशेष प्रस्तुति र स्थानीय डेउदा गीत, नाटक तथा नृत्य प्रतियोगीता सञ्चालन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल ज्युले महिनावारी वा रजस्वला किशोरी तथा महिलाहरुको शरीरमा प्रजनन् स्वास्थ्यसंग सम्वन्धित नियमित, आधारभूत एवम् प्राकृतिक प्रकृया भएको र जसरी स्वास लिनु, निदाउनु, खाएको कुरा पचाउनु र मलमुत्र त्याग गर्नु नियमित शारीरिक प्रकृया हुन् त्यसैगरी महिनावारी हुनु नितान्त शारीरिक प्रकृया हो तर कुनै समाजमा यसलाई अपवित्र तथा अछुतरुपमा लिने गरिएकोछ तर समाजमा महिनावारीसंग जोडिएका विभिन्न कुसंस्कारहरु व्याप्त रहेका छन् यधपी विभिन्न सामाजिक कुरीति र अन्धविश्वास अन्त्य गर्ने, गराउने भनी स्पष्ट ब्यवस्था भएकोले छाउका नाम कोही कसैले पनि विभेद गर्न नपाउने बताउनु भयो ।

उक्त कार्यक्रममा सम्पर्ण पार्टि प्रमुख तथा प्रतिनिधीहरुले छाउपडि प्रथाजन्य उन्मुलनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।  कार्यक्रम सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।