देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बस्नेतको शोकसभा सम्पन्न

देशान्तर

लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा वरिष्ठ साहित्यकार पुरुषोत्तम बस्नेतको निधन भएको १३औं दिनमा आयोजित श्रद्धान्जलि सभा बुधवार बिहान सम्पन्न भएको छ ।

राजधानीको कालो पुलमा सम्पन्न सो सभा जननायक बीपी कोइराला स्मृति ट्रस्टले आयोजना गरेको थियो ।

सोक सभामा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रम शेरबहादुर देउवा, पूर्व सभामुखद्वय दमननाथ ढुंगाना र तारानाथ रानाभाट, पूर्व उपप्रम सुजाता कोइराला एवं काँग्रेस दलका नेताहरू शशांक कोइराला, शेखर कोइराला, श्रीहर्ष कोइरालालगायतका व्यक्तित्व उपस्थित थिए ।

कार्यक्रममा क्रमशः स्व. पुरुषोत्तम बस्नेतको सम्झनामा मौनधारण, उहाँको तस्बिरमा पुष्प तथा माला अर्पण र उनका बारेमा श्रद्धान्जलि मन्तव्य दिइएको थियो । सो श्रद्धान्जलि सभामा मन्तव्य दिने व्यक्तिहरूमा प्राध्यापक डा. अभि सुवेदी, प्राध्यापक भुवन ढुंगाना, सांसद बद्री पाण्डे, डा. तुलसी भट्टराई, बस्नेत परिवारकी सदस्य जुनार बस्नेत, पूर्व राष्ट्रपति डा. यादव र ट्रस्ट महासचिव रामचन्द्र पोखरेल थिए । सन्ध्या पहाडीद्वारा सञ्चालित सो कार्यक्रममा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले बस्नेत परिवारलाई पठाएको सम्बेदना पत्र पनि वाचन गरिएको थियो ।

आफ्ना कोषाध्यक्षको सम्झनामा आयोजित सो श्रद्धान्जलि सभामा संस्थाका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले स्व. बस्नेतका परिवारजनलाई सो संस्थाले दिएको स्मृतिपत्र पढेर सुनाएका थिए ।