देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस

देशान्तर

आज पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदैछ । ‘महिला हक अधिकार ,सबैको साझा सरोकार’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।  दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेन्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

२०६३ साल जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चारवटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनलाई स्मरण गरी हरेक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो । नेपालको संविधान–२०७२ ले महिलालाई राज्यका हरेक निकायमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ ।