देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री भोलि दिउँसो १ बजे भारततर्फ प्रस्थान गर्ने

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने समय तय भएको छ ।

भोलि दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गर्ने तालिका तय भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

भ्रमण दलमा ६० जनाभन्दा कमै हुने बताइएको छ । यसैबीच प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको क्रममा अखण्ड भारतको नक्सामा नेपाली भूमि समावेश भएको विषयलाई गम्भीर रुपमा उठाउन नेताहरुले आग्रह गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकमा नेताहरुले सीमाको विषयमा कुरा राख्न सुझाव दिएका हुन् ।

नेपाली भूमि अखण्ड भारतको नक्सामा समेटिएको विषय राजनीतिक वृत्तमा चर्चा छ । आजै बसेको प्रतिनिधिसभाको संसदीय समितिमा सांसदहरुले यस विषयमा प्रश्न उठाएका छन्