देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानन्यायधिसमा सिफारिस कार्की बिरुद्ध उजुरी आब्हान

देशान्तर

प्रधानन्यायधिसका लागि सिफारिसमा परेका सर्वोच्च अदालतका न्यायधिस हरिकृष्ण कार्की बिरुद्ध उजुरी आब्हान भएको छ । संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले कार्की बिरुद्धको उजुरी आब्हान गरेको हो । समितिका अनुसार कार्की बिरुद्धमा कुनै उजुरी भएमा आगामी जेठ २६ गतेसम्म दिन सकिनेछ ।

‘नेपालको प्रधानन्याधिस पदमा देहाय बमोजिमका ब्यक्ति ९कार्की०को नियुक्तीका लागि संबैधानिक परिषदवाट सिफारिस भई संसदीय सुनवाईका लागि मिति २०८० बैशाख २७ गते यस समितिमा पत्र प्राप्त हुन आएकाले सर्वसाधारणको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ,’ जारी सुचनामा भनिएको छ, ‘उक्त पदमा उहाँलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाईै लागेमा स्पष्ट आधार एवम सबुत प्रमाणसहित मिति २०८० जेठ २६ गते कार्यालय समय भित्र यस समिति समक्ष निम्न माध्यममार्फत वा सोझै समितिमा आई सुचना वा उजुरी दिन सकिने ब्योहोरा यसै सुचनाद्धारा सुचित गरिन्छ ।’

समितिका अनुसार सुचना दाताले नाम थर, बतन र सम्पर्क नम्बर राख्नु पर्नेछ, यदी कसैले आफनो नाम, थर गोप्य राख्न चाहेमा त्यो पनि पाइने ब्यवस्था गरिएको छ ।