देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

देशान्तर

काठमाडौं । नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारीले रिट दायर गरेका हुन् ।

नागरिकता विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि शुक्रबार राजपत्रमा प्रकाशित भएको थियो । प्रारम्भिक सुनुवाइका लागि आईतबारलाई पेशी तोकिएको छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक भारत भ्रमणकै दिन प्रमाणीकरण हुनु संयोगमात्रै भएको बताएका छन् । आफ्नो भारत भ्रमणलाई नागरिकता विधेयकसँग जोडेर हेर्न नमिल्ने उनको तर्क छ ।

नयाँदिल्लीमा पत्रकारसँगको कुराकानीको क्रममा भारत भ्रमणसँग नजोडियोस् भन्ने आफ्नो पहिल्यैदेखि चाहना भएको छलफल गर्दा गर्दै संयोग तेस्तै परेको प्रष्ट्याए ।