देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोनाविरुद्धको खोप लगाएको प्रमाण नचाहिने

देशान्तर

काठमाडौं । विदेशबाट नेपाल आउन अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाण नचाहिने भएको छ । सरकारले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै खोपको प्रमाण नचाहिने र कोरोनाकै लागि मास्क अनिवार्य नगर्ने व्यवस्था गरेको हो ।
अन्तर्राष्ट्रिय स्तरमा नै कोरोनाका कारण आपतकालीन अवस्था नरहेको र अधिकांश जनसंख्याले पूर्ण खोप लगाइसकेकाले एआईपी प्रोटोकल परिवर्तन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।