देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शरणार्थी प्रकरणमा आरोपितसँगको बयान सकियो :आइतबारबाट थुनछेक बहस

देशान्तर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित १८ जनासँगको बयान सकिएको छ ।

जिल्ला अदालतका अनुसार आरोपितविरुद्धको बयान शुक्रबार सकिएकोले अब आइतबारबाट थुनछेक बहस सुरु छ। थुनछेक बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । शुक्रबार अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिएको थियो । बाँकीसँगको बयान यसअघि नै सकिएको थियो ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ठगी, संगठित अपराध, किर्ते र राज्यविरुद्धको अपराधको कसुरमा कारबाही मागदाबीसहित जेठ १० मा मुद्दा दायर गरेको थियो ।