देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो बन्दैन : देउवा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताएका छन् । कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनमा शनिबार उनले यस्तो बताएका हुन् ।

आफू सभापति पदमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै उनले अब युवापुस्ताको पालो भएको उल्लेख गरे । पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको उनले स्पष्ट पारे ।

पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्नेमा उनले जोड दिए । आफूले कांग्रेसलाई अहिले देशकै ठूलो पार्टी बनाएको पनि उनले बताए ।