देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नागरिक /अनागरिक


खै म के भनूँ, साथी?
दासहरूको राजमा
अन्त प्रोग्राम गरिएको रोबटमय नाटक
यता जिउँदा लासहरूको ट्वार्र ट्वार्र
हेर्ने, सुन्ने र गुन्ने बाध्यताभित्र
बाच्न विवश पारिएको म

खै अरू के भनूँ?
मालिक रिझाउनको लागि
अस्मिता न्यौछाबर गर्ने दासहरूको बारे
मालिकले हुर्काएको, पालेको
सिटमा राखिदिएको
यही दिन भोग गर्नको लागि
भोग गर्दैछन् थिलथिलो पारेर मलाई

कत्रो विश्वास थियो यिनीहरूमा
रूपान्तरणको कत्रो रहर साँचेको थिए
मायावी रूपमा आएका रहेछन् यी
कसरी चिन्ने भोलाभालाले ?
समयको अन्तराल, भोलिको दिनमा
अब बाकी नै के रहन्छ र ?

मेरो देशको नागरिक म
वीरको सन्तान भन्ने बोली
आज क्षीण भएको क्षण
पटक पटकको योग र दुष्प्रयोगपछि
अब अरूलाई बाँडिने छ ’कानुनसम्मत’
पानीमा मिसिँदै जानुपर्ने
आमाको दूध भएको छ

एक टुक्रा रोटीको लागि
किस्ता किस्तामा नागरिकता बेचेर
सत्तामा पुग्ने र टिक्नेको कथा
नेपालीलाई लागि प्रमाणीकरण होइन
त्यो त छदै छ
ढोका खोलिएको छ अन्त बाँड्नको लागि
नागरिकता दिने र बाँड्नेबीचको फरक
यो भुमरी बनेको फरक
यो नै मूल प्रवाह राजनीति बनेको
खै कस्तो राजनीति हो यो ?

डाँडा परीको घामले
कतिवेर उज्यालो दिन सक्छ र?
असह्य पीडा छ यो मनमा
तुहिएको बिहानी देखेर।