देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भदौको अन्तिम साता नीति महाधिवेशन :थापा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले भदौको अन्तिम साता नीति महाधिवेशन गर्ने भएको छ । महामन्त्री गगन थापाले नीति महाधिवेशन भदौको अन्तिममा गर्न लागिएको जानकारी गराएका छन्।
नेपाली कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिन दाङ पुगेका महामहान्त्री थापाले नीति महाधिवेशनबाट पार्टीका महत्वपूर्ण निर्णयहरु गर्ने बताएका छन् ।
प्रशिक्षण कार्यक्रम सुरु हुनु अघि थापाले राप्ति गाउँपालिकामा स्थानीय नेता कार्यकर्तासँग छलफल क्रममा उनले उक्त कुरा गरेका हुन् ।
महामन्त्री थापाले भदौ अघि नै भ्रातृ संस्थाको पूर्णता, विभाग गठन लगायतका काम सकिने पनि बताए । दाङको लमहीमा सोमबार कांग्रेसले लुम्बिनी प्रदेशमा स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण राखेको छ ।