देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने र त्यसबारे चिन्तन गर्ने हक राख्छ : थापा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतको संसद भवनमा राखिएको नक्सा सांस्कृतिक मात्र मान्ने हो भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउँदा सहजतापूर्वक स्वीकार गर्नुपर्ने बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले लिम्पियाधुरा लिपुलेक नेपालको भूमि भएको र यो भारतले फिर्ता गर्नुपर्ने बताए ।
भूपरिवेष्ठित देश भएकाले बंगलादेशसम्म बाटो पाउनु पनि नेपालको अधिकार भएको उनले बताए । साथै भोलि सीमा विवादबारे छलफल गर्दै जाँदा भोलि समयले कहाँ पु¥याउँछ भनेर अनुमान गर्ने र त्यसका अधारमा पोजिसन बनाउन जरुरी नभएको उनले बताए ।
अखण्ड भारतको नक्साबारे सोधिएको प्रश्नमा उनले यदि अर्को देशले सांस्कृतिक नक्सा बनाएर मेरो यो हो भन्ने हक राख्छ भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने र त्यसबारे चिन्तन गर्ने हक राख्ने बताए ।