देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सीके राउतलाई सरकारमा सहभागी गराउने तयारी

देशान्तर

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले परिस्थिति बनेमा आफूहरु सरकारमा सहभागी हुने बताएका छन् । राउतले सरकारमा सहभागी हुन तयार रहेको प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएका थिए । दाहालले अध्यक्ष राउत स्वयमलाई सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार पनि जनमत पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा कुराकानी भइरहेको छ ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक मन्त्रिपरिषद विस्तार गर्दा जनमत पार्टीका अब्दुल खाँलाई खानेपानी मन्त्री बनाएका थिए । तर रोजेको मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए । पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले पुन जनमत पार्टीलाई सरकारमा ल्याउने तयारी गरेका छन् । त्यसका लागि माओवादी केन्द्रकै एक मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने प्रचण्डको तयारी छ । कतिपयले पर्यटनमन्त्री सुदन किराँतीलाई फिर्ता बोलाएर राउतलाई नै सहभागी गराउने तयारी रहेको बताए पनि यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।