देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनकोशीमा बेपत्ता भएका थप एकजनाको शव भेटियो

देशान्तर

काठमाडौं । सुनकोशीमा बेपत्ता भएका थप एकजनाको शव फेला परेको छ।

शनिबार बिहान ८ बजे पुर्वीनवलपरासी प्रगती नगरपालिका–७ बस्ने ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।उनी सिटिइभिटीका योजना महाशाखाका निर्देशक थिए। गत जेठ १९ गते शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनमा गाडी दुर्घटना हुँदा सुनकोशी नदीमा खसेको थियो।
उक्त दुर्घटना पछि बेपत्ताभएका दुई जना कर्मचारीको शव यस अघि फेला सुनकोशीबाट निकालिएको थियो । शनिबार भुर्तेलको शव दुर्घटनास्थलबाट अन्दाजी ९५ किलोमिटर पर उदयपुरको ताप्ली गाउँपालिका–५ कुमलटारस्थित सुनकोशी नदी किनारमा फेला परेको हो।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको चारजना सवार गाडी दुर्घटना हुँदा चालक कृष्ण चौधरीले भने पौडी खेलेर आफ्नो ज्यान बचाउन सफल भएको प्रहरीले जनाएको छ । तर त्यसमा सवार सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक सहसचिव कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक भानु पौडेल र भुर्तेल बेपत्ता भएका थिए । दुईजनाको शव र गाडी जेठ २३ गते फेला परेको थियो ।