देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यस्तो छ, आजको मौसम

देशान्तर

काठमाडौं । यो वर्षको मनसुनी प्रणाली नेपाल भित्रिदै गर्दा भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्न थालेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार, आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि मौसम सामान्य बदली हुने छ ।

बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ ।

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, मंगलवार राती कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि मौसम सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ–गर्जन सहित हल्का देखि मध्यम वर्षाको हुने महाशाखाले स्पस्ट गरेको छ ।

साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका थोरै स्थानमा समेत वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यो वर्षको मनसुनको हल्का प्रभाव भारतको बिहार क्षेत्रमा देखिँदा नेपालमा बदली र हल्का वर्षा हुन थालेको छ । मनसुनी प्रणाली नेपाल नजिक आउँदै गर्दा पूर्वबाट मनसुन भित्रिने वातावरण वायुमण्डलमा बन्न थालेको तथा यो वर्ष एक दुई दिन ढिला गरि मनसुन नेपाल भित्रने अनुमान महाशाखाको रहेको छ ।

हाल नेपाल भित्रिने मनसुन प्रणाली भारतको उत्तरपूर्वी भू–भाग हुँदै बंगलादेश र भूटानसम्म आइपुगेको छ । वार्षिक रुपमा नेपालमा मनसुन जुन १३ तारिकमा आइपुग्ने गरेता पनि यो वर्ष एक दुई दिन ढिला गरि मनसुनी प्रणाली नेपाल आइपुग्ने मौमविदको धारणा छ ।