देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर अघि बढ्ने सहमति

देशान्तर

काठमाडौं । सत्तारुढ दलहरुबीच गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर अघि बढ्ने सहमति भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलवार बिहान बसेको बैठकमा दलहरुबीच देखिएको असन्तुष्टिलाई समाधान गर्ने सहमति बनेको हो ।
बैठकमा बजेटसहित अहिले पछिल्ला समसामयिक राजनीतिक गतिविधिबारे छलफल भएको थियो । बैठकमा बजेटमा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालसहितका नेताहरूले राखेको असन्तुष्टिलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने सहमती भएको छ ।
नेकपा एसले सरकारले बजेट संशोधन नगरे सरकार ढाल्नेसम्मको चेतावनी दिएको थियो ।