काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्न उपयुक्त हुने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सभापति देउवालाई नेतृत्व हस्तान्तरण गर्नु उपयुक्त हुने सुभाव दिएका हुन् ।
उनले नेतृत्व हस्तान्तरण र प्रधानमन्त्री हुने विषयमा देउवाले मार्ग प्रशस्त गर्दा पार्टी र देउवाको हितमा हुने दाबी गरे । उनले अब देउवाले प्रधानमन्त्री पनि दाबी गर्न नहुने बताए । नेपाली जनताले कांग्रेसबाट नयाँ प्रधानमन्त्रीको खोजी गरेका कारण देउवाको विकल्पमा नयाँ अनुहार प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।
महामन्त्री थापाले नेता शेखर कोइरालासँग आफ्नो सम्बन्ध प्रगाढ रहेको पनि बताए । सभापति र शेखर कोइरालाको सम्बन्धको कुरा भने व्यक्तिगत रहेको भन्दै थापाले त्यसबारे टिप्पणी नगर्ने बताए ।





प्रतिक्रिया